नेक्सजेन म्यानेजमेन्टको नेक्स्ट मुभ : पोस्ट लोन म्यानेजमेन्ट सर्भिस

अर्थ समाचार

नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले Post Loan Management Service / कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा  संचालन गर्ने भएको छ | फाल्गुन १ गतेबाट बैंक बित्तिय संस्थाका ऋणीहरूलार्इ यस्तो सेवा प्रदान गर्ने निर्णय नेक्सजेन म्यानेजमेन्टले गरेको हो ।

नेपालको बैंक बित्तिय संस्थामा खराब कर्जाको समस्या डरलाग्दो रूपमा बढदै गर्इरहेको छ । कर्जा प्रवाह पछि ऋणीले कर्जा रकम उचित प्रयोग गर्न नजान्दा चाहेर नचाहेर पनि समस्यामा पर्दै गइरहेका   छन ।ऋणी संग उद्योग व्यवसाय संचालनको उचित ज्ञान नहुने र कर्जा प्रवाह पछि बैंक बित्तिय संस्थाले नियमित परामर्श पनि नदिने भएकोले कर्जाहरू क्रमश: खराब हुंदै गइरहेका   हो ।

बैंक बित्तिय संस्थाको खराब कर्जाको बर्तमान अवस्थालार्इ समयमै संबोधन नगर्ने हो भने देश ठूलै संकटमा पर्ने देखिन्छ । बैंकहरूले प्रवाह गरेको कर्जा असुल नहुने र ब्याजदर न्यून बिन्दुमा हुंदा पनि नयां कर्जा नजाने स्थितिले आर्थिक अवस्था भयावह हुने संकेत गर्दैछ । समय हुंदै यो समस्या समाधानको लागि बैंक बित्तिय संस्थाले विशेषज्ञहरूको सेवा लिन आवश्यक रहेको हुँदा नेक्सजेन म्यानेजमेन्टले सेवा सञ्चालनमा ल्याउन लागेको बताएको छ | 

सोही सिलसिलामा नेक्सजेन म्यान्जमेन्ट एण्ड इक्विटी सोलुसन्सले बैंक बित्तिय संस्था र ऋणी बिचमा पुलको रूपमा काम गर्ने गरि परामर्श सेवा संचालनको घोषणा गरेको हो । नेक्सजेन म्यानेजमेन्ट बैंक बित्तिय संस्थाका पूर्व कार्यकारी  प्रमुखहरूको संस्था हो ।यो कम्पनीले सम्पत्ती व्यवस्थापन र व्यवसायिक परामर्शको कार्य गर्दै आर्इरहेको छ ।

नेक्सजेनका विशेषज्ञहरूले कर्जा प्रवाह पछि न्यूनतम शुल्कमा परमर्श सेवा दिर्इ कर्जालार्इ खराब हुनबाट रोक्ने प्रयास गर्नेछन ।यस अन्तर्गत उद्योग व्यवसायले लिने कर्जा र बिक्री रकमको उचित प्रयोग, लेखा प्रणालि र करको व्यवस्थापन, कस्टुमर रिलेशनसिप तथा बजार व्यवस्थापनमा परामर्श दिनेछन ।

त्यसै गरी उधारो बिक्री र असुली व्यवस्थापन, फण्ड म्यानेजमेन्ट, बैक कर्जा भुक्तानी तथा नियमकिय व्यवस्था परिपालनको लागि आवश्यक पर्ने परामर्श नियमित रूपमा दिने योजना बनार्इएको छ । यो कार्यक्रममा नेक्सजेन र बैंक बित्तिय संस्था बिच सम्झौता हुने र निश्चित तोकेको रकम भन्दा बढीको कर्जा प्रवाह हूंदा बैंकले नै न्यून सेवाशुल्क तोकेर नेक्सजेन र ऋणी लार्इ आवद्ध गराउने र नेक्सजेनले मासिक रूपमा उद्योगी व्यवसायीको सम्पर्कमा रहि स्थलगत अवलोकन गरि आवश्यक परामर्श दिने कार्यक्रम रहेको छ ।यस्तो परामर्श सेवा ऋणी आफैले सम्झौता गरेर पनि लिन सक्नेछन ।

देशमा आर्थिक संकट गहिरिंदै गएको र खराब कर्जाको बोझ बढदै गर्इरहेको परिप्रेक्षमा नेक्सजेन म्यानेजमेन्टको कर्जा प्रवाह पछिको व्यवस्थापकिय परामर्श सेवा बैंक वित्तिय संस्था र ऋणी सबैलार्इ उपयोगि र फलदायी हुने विश्वास लिएको समेत नेक्सजेन म्यानेजमेन्टले जनाएको छ |