अमेरिकी सिनेटले दक्षिण डकोटाकी गभर्नर क्रिस्टी नोएमलाई गृह सुरक्षा विभागको सचिवको जिम्मेवारी दिएको छ । माथिल्लो सदनले ५९–३४ को मतले ट्रम्पको छनोटलाई अनुमोदन गरेको हो । उहाँ ट्रम्पको मन्त्रिपरिषद्मा सामेल हुने चौथो व्यक्ति हुनुहुन्छ । सिनेटमा हाल रिपब्लिकनहरूको ५३–४७ बहुमत छ । राष्ट्रपतिको मनोनयन पुष्टि गर्न साधारण बहुमत आवश्यक पर्दछ ।
