चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

समाचार

काठमाडौ । काठमाडौँमा ठुलो भूकम्पको धक्का महसुस भएको छ। आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ। भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो।  भूकम्पले  तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।