मनी मार्केटमा पैसा फालाफाल, आज ४० अर्ब उठाउँदै राष्ट्र बैंक

अर्थ समाचार

नेपाल राष्ट्र बैंकले आज (बुधवार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउँदैछ ।

बैंक तथा वित्तीय संस्थालाई निक्षेप राख्न बुधवार ३ बजेसम्मका लागि आह्वान गरिएको छ । बोलकबोल माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । बुधवार जारी हुने निक्षेपको सावाँ ब्याज भुक्तानी असोज २ गते हुनेछ ।

राष्ट्र बैंकले भदौ २ गते १ खर्ब रुपैयाँको निक्षेप जारी गरेको थियो । त्यतिबेला १ खर्ब ९६ अर्ब २५ करोड रुपैयाँको कबोल परेको थियो ।