सुनको मूल्य बढ्दा चाँदी स्थिर

अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोवार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको  चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको  छ ।