विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अदालत परिसरबाट फेरि पक्राउ परेका छन् ।
प्रधानमन्त्री के.पी.शर्मा ओलीविरुद्ध फर्जी कागजात बनाएको आरोपमा मंसिर ४ गते भक्तपुर निवासबाट पक्राउ पष्रेको उनी बिहिबार विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ काठमाडौं जिल्ला अदालत परिसरबाटै पक्राउ परेका हुन् ।
उनीमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेकाले फेरि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न बिहिबार आदेश दिएका थिए ।

