महासंघमा अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने, अन्जनपछि कार्यान्वयनमा आउने, कार्यकाल २ वर्षमात्र

अर्थ समाचार

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छ । मंगलबार बसेको विशेष साधारणसभाले अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुने गरी विधान संशोधन भएको हो । मंगलबार आयोजित महासंघको विशेष साधारण सभाले वर्तमान बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अध्यक्षको कार्यकाल पुरा गरेपछि प्रत्येक्ष निर्वाचन प्रणालीबाट नयाँ अध्यक्ष नियुक्त हुने गरी विधान संशोधन भएको छ ।

आठ बर्ष अघि पूर्व अध्यक्ष भवानी राणाका निम्ति अघि सारिएको विधान संशोधनको प्रावधानलाई पुरानै अवस्थामा फर्काउने निर्णय महासंघले गरेको छ । अब पुनः महासंघमा अध्यक्षका लागि प्रत्येक्ष निर्वाचन हुने व्यवस्था भएको छ ।

नया ब्यबस्था अनुरुप अध्यक्षको कार्यकाल २ वर्षको लागि हुने भएको छ । हाल महासंघको अध्यक्ष ३ वर्ष नेतृत्व सम्हाल्ने गरेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि २ वर्षे कार्यकाल लागू हुने गरी विधान संशोधन गरिएको छ |