अमेरिकाको दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्।
उनी काठमाडौं आइपुगेको अमेरिकी राजदूतावासले पुष्टि गरेको छ। लु दक्षिण एसियाली मामिलामा अमेरिकी विदेश मन्त्रालयका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्।
दूतावासका अनुसार, उनले नेपालका शीर्ष नेता र नागरिक समाजका अगुवाहरूसँग भेटवार्ता गर्नेछन्। साथै, वातावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासका प्रमुख क्षेत्रहरूमा सहकार्य अघि बढाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

