चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता सम्पन्न भएको छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केही समयअघि राष्ट्रपति सीसँग भेट गरेका हुन्। यसअघि, उनले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग पनि भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओली सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् र २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

