एजेन्सी – चिनियाँ राष्ट्रपति शी जिनपिङले सोमबार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत उच्च-गुणस्तरको सहकार्यलाई व्यापक रूपमा अगाडि बढाउन जोड दिएका छन।
शीले बीआरआईको विकाससम्बन्धी एक गोष्ठीलाई सम्बोधन गर्दै उक्त भनाइ व्यक्त गरेका हुन् | शीले रणनीतिक आत्मविश्वास बलियो बनाउने, रणनीतिक ध्यान कायम राख्ने र जिम्मेवारीको भावनासहित साहसपूर्वक कार्य गर्ने आवश्यकता औंल्याउनुभयो, जसले बेल्ट एन्ड रोड सहकार्यको उज्जवल भविष्य निर्माण गर्न सकोस भन्ने मा उनको जोड रहेको थियो |
२०१३ मा यो पहल अघि सारिएदेखि, बेल्ट एन्ड रोड सहकार्यमा प्रमुख उपलब्धिहरू हासिल भएका छन्, जसले सहभागी देशहरूसँग चीनको मित्रता मजबुत बनाउनुका साथै तिनको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याएको शीले बताउनुभयो।
उहाँले पछिल्लो केही वर्षमा विश्व नयाँ अशान्ति र परिवर्तनको युगमा प्रवेश गरेको उल्लेख गर्दै, उच्च-गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउने क्रममा सबै प्रकारका जोखिम र चुनौतीहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न र भूराजनीतिक संघर्षहरूको प्रभावलाई सम्बोधन गर्न आग्रह गर्नुभयो।
साथै, सहभागी देशहरूको सन्तुष्टिलाई बलियो बनाउने र चीनका फाइदाहरू सुनिश्चित गर्ने सम्बन्धलाई उचित ढंगले व्यवस्थापन गर्न आवश्यक रहेको शीले बताउनुभयो। चीनका विदेशी हितहरूलाई सुरक्षित राख्न ठोस उपायहरू अपनाउन पनि उहाँले जोड दिनुभयो।
