‘माग्ने बूढा’ले मागे माफी

मनोरंजन समाचार

 हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बूढा’) ले माफी मागेका छन् । 

घिमिरेले हालै एक चलचित्रसम्बन्धी सार्वजनिक कार्यक्रममा आवेगमा आएर नेपाली चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको बताएका थिए।

उनले चलचित्रकाे नाम नतोकेपनि १२ गाउँ चलचित्रलाई लक्षित गरेर साे अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिकाे कारण उनकाे चर्काे आलोचना भएपछि घिमिरेले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन्।

उनले लेखेका छन्, ‘एक कार्यक्रममा आवेगमा मैले “साइबर सेना” शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु। मेरो परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्था फरक महसुस गरको छु।’यदि कसैको चित्त दुखेको छ भने माफ गर्दिनु होला। धन्यवाद।

अहिले हलमा छक्का पन्जा–५, १२ गाउँ र ज्वाइँसाप फिल्म लागिरहेका छन्। छक्का पन्जा–५ र १२ गाउँबिच व्यापारमा टक्कर चलिरहेकाे छ भने ज्वाइँसापलाई पनि दर्शकले रुचाएका छन्।