आज बडा दशैं । मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाइन्छ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ ।
यो दिन भगवान श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषाशुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।
दसैंको टिकाको उत्तम साइत आज बिहान ११ः३६ बजे रहेको पञ्चाङ्ग निर्णयक समितिले जनाएको हो ।



