“अघिल्लो कार्यकालमा पुनरावेदन किन गइएन, कि दाउ अर्कै छ?” : सामाजिक संजालमा प्रमलाई बालेनको प्रश्न

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले नदी किनारको २० मिटर जग्गाबारेको फैसलामा सरकार ‘भ्याकेट’मा जाने बताएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेनले त्यसको कटाक्ष गरेका छन्।ओलीका अघिल्लो कार्यकालकै समयमा अदालत पुगेको मुद्दालाई तत्कालीन समयमा सहमति जनाउँदै अहिले के प्रायोजनका लागि पुनरावेदन गर्ने मन भयो भनी बालेनले प्रधानमन्त्री ओलीमाथि प्रश्नसमेत गरेका छन्।

‘हामीले खोज्ने जवाफ यति हो। त्यो बेला किन पुनरावेदनमा गएनन्? कि भन्न पर्यो। त्यो बेला हाम्रो बुद्धि पुगेन। या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ। उहिल्यै मरिन् सासु, अहिले आए आँसु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ।’ सामाजिक सञ्जाल फेसबुकमा बालेन लेख्छन्।