अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडनले आफूविरुद्धको करछली मुद्दामा लागेका सबै आरोप स्वीकार गरेका छन् ।
हन्टरले यसअघि आफुले २०१६ देखि २०१९को अवधिमा गरेको आयमा जानाजान १४ लाख डलर कर नतिरेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएका थिए । हन्टरलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय र पाँच देखि १० लाख डलर सम्मको जरिवाना हुन सक्ने बताइएको छ ।
आगामी डिसेम्बर १६मा हन्टरविरुद्धको सजाय सुनाइनेछ । लागू औषध र रक्सीको लतसँगको आफ्नो संघर्षको बारेमा खुलेर बोलेका हन्टर बाइडनलाई सन् २०१६ देखि २०१९ सम्म कर तिर्न असफल भएको आरोप लगाइएको हो ।
यसैबीच राष्ट्रपति बाइडेनले आफ्नो छोरालाई माफी दिन अस्वीकार गरेका थिए ।



