नुवाकोटकाे कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिने : गृहमन्त्री लेखक

विविध

गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताउनु भएकाे छ । शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारकाे उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताउनु भयाे । “गृह मन्त्रालयले निर्धारण गरेकाे १० वटा काम मध्ये नुवाकोटमा रहेको कारागार संचालन गर्ने हाम्रो सय दिनमा गर्ने काम मध्येकाे एक हाे। यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने छाैँ। यहा प्रशस्त जाग्गा छ, ” उहाँले भन्नुयाे, “त्यसकाे उपयोग गर्ने हाे । कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाए यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइने छ । यसले कैदीबन्दीकाे आर्थिक उपार्जन हुन्छ भने त्याे समान बाहिर लगेर बिक्री गर्दा याे ठाउँकाे पनि आर्थिक विकास हुन्छ ।” कारागारमा ठूलाे संख्यामा मान्छे बस्ने भन्दै त्यसले यहाँकाे आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गर्नुभयाे ।  “यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ । यसले यहाँकाे आर्थिक विकास हुन्छ,” गृहमन्त्री लेखकले भन्नुभयाे ।

कारागार बस्ने कैदीबन्दीकाे पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलाे कारागार बनाइएकाे उहाँको भनाइ थियाे । “अहिलेकाे सरकार लाेकतन्त्र, विधिकाे शासन र मानव अधिकारमा प्रतिबद्ध छ । “संक्रमणकालीन न्याय सम्बन्ध कानुन बनाउँदा पनि हामीले मानवअधिकारकाे कुरालाई प्राथमिकता दिँदा आज कानुन पारित हुँदा संसारले स्वागत गरेकाे छ ।  त्यसले वर्तमान सरकार मानवअधिकारकाे विषय प्रतिबद्ध छ,” उहाँले भन्नुभयाे । २८ हजार कैदीबन्दी रहेकामा  १२-१३ हजार क्षमताकाे कारागार मात्र रहेका भन्दै अब कैदीबन्दीकाे चाप घढ्ने गृहमन्त्री लेखकले बताउनुभयाे । “अत्यन्त कम भाैतिक संरचनामा कैदीबन्दी राख्नु परेकाे छ । याे जटिलतालाई सम्बाेधन गर्न तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील काेइराला नेतृत्वको सरकारले नुवाकोटमा ७ हजार कैदीबन्दी अटाउने कारागार निर्माणकाे याेजना बनायाे ।

अब कैदीबन्दीकाे चाप घट्ने छ,” उहाँले भन्नुभयाे । कार्यक्रम केन्द्रीय कारागार विभागका महानिर्देशक जयनारायण आचार्यले कैदीबन्दीकाे सबै खालका अधिकार सुरक्षित हुने गरि कारागार बनेकाे बताउनु भयाे । उहाँले अन्य देशका लागि पनि नेपालकाे याे कारागार व्यवस्थापन नमुना बन्न सक्ने बताउनुभयाे । उहाँका अनुसार कारागारमा  २५,१४ र ८ जना राख्ने गरि काठकाे व्यवस्था गरिएकाे छ ।