अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमिति बैठकले महासचिव किरण राईको तलब २ हजार अमेरिकी डलर पुर्याउने प्रस्ताव परेको छ ।
मंगलबार राति बसेको कार्यसमिति बैठकमा एन्फाका अध्यक्ष पंकज नेम्वाङले महासचिवको तलब वृद्धि गर्ने प्रस्ताव गरेका हुन् ।
अहिले महासचिव राईको तलब १ लाख २० हजार रुपैँया छ । जसलाई बढाएर २ हजार अमेरिकी डलर अर्थात् करिब २ लाख ७० हजार रुपैँया पुर्याउने प्रस्ताव अध्यक्ष नेम्वाङले गरे । कार्यसमिति बैठकमा यसबारे फरक मत परेको थियो । यद्यपि, संस्थापन पक्षको बहुमत भएका कारण प्रस्ताव पारित हुने सम्भवाना पनि रहेको छ ।
यसैगरी, राष्ट्रिय खेलाडीहरूको तलब पनि बढाइएको छ। मासिक १८ हजार रुपैँया प्राप्त गरिरहेका राष्ट्रिय खेलाडीहरूले अबमासिक ३० हजार रुपैयाँसम्म पाउनेछन्। तर, राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेसँगको सम्झौता भने नवीकरण नगर्ने निर्णय भएको छ।
एन्फाले अब खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक छान्नेछ। साथै, देशका विभिन्न फुटबल मैदानमा कृत्रिम घाँस बिछ्याउन फिफालाई प्रस्ताव गर्ने निर्णय पनि भएको छ। । सन् २०२३ को मार्चमा राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भए थिए । उनको प्रशिक्षणमा नेपालले १९ खेल खेलेको थियो । जसमा ५ जित, ४ बराबरी र १० हार रहेको छ । एन्फाले खुल्ला रुपमा राष्ट्रिय प्रशिक्षक नियुक्त गर्ने जनाएको छ ।
यस्तै, बैठकले दशरथ रंगशालालगायत अन्य फुटबल मैदानमा कृत्रिम घाँस राख्न पनि फिफालाई प्रस्ताव गर्ने भएको छ ।


