काठमाडौंको शंखमुलमा एक पुरूषको हत्या

समाचार

काठमाडौंको शंखमुलमा एक  पुरूषको हत्या भएको छ।

आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि पुल हाउसमा एकजना पुरुषको हत्या भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनको  शरीरमा घाउचोटका निशान रहेको बताइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको छ ।