तनहुँ दुर्घटनाका १६ घाइते र २७ मृतक (नामावलीसहित)

समाचार

आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको भारतीय यात्रुबस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीले २७ जनाको मृत्यु भएको र १६ जना घाइते रहेको जानकारी दिँदै घाइतेहरूको काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको बताए।  घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा उक्त दुर्घटना भएको हो।

प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए। पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो।

मृत्यु हुने सबैको शव आँबुखैरेनीमा राखिएको छ। भारतीय बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट पर्मिट लिएर नेपाल भित्रिएको पाइएको छ। २ दिन पोखरा बसेर आज काठमाडौँ आउँदै गर्दा बस दुर्घटनामा परेको हो। २ वटा बस सँगसँगै आउँदा एउटा दुर्घटनामा परेको बताइएको छ।

यी हुन् दुर्घटनाका घाइते र मृतक (नामावलीसहित)

                        शिक्षण अस्पताल काठमाडौँ  ल्याइएका घाइते (यी कसैको वतन खुलेको छैन)

१. वर्ष ६० का सुनिल झाण्डे‚ कम्मरमा चोट‚ अवस्था गम्भीर।
२. वर्ष  ४५ की भारती पटेल‚ विभिन्न  भागमा चोट‚ अवस्था गम्भीर।
३. वर्ष ३२ को अविनाश पटेल‚ दुबै गोडा र छातीमा चोट‚ अवस्था गम्भीर।
४. वर्ष ४५ की रेखा कोटी‚ शरीरका विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
५. वर्ष ५५ को न्यारेश्वर नोन्डे‚ शरीरका विभिन्न ठाउँमा चोट।
६. वर्ष ५८ को आनन्द इक्ले‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
७. वर्ष ६० की आशा  पाण्डुरा पटेल‚ शरीरका विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
८. वर्ष ६० की शारदा पटेल‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
९. वर्ष ५५ को  प्रवीण पटेल‚ अनुहार र हातगोडामा चोट‚ अवस्था गम्भीर।
१०. वर्ष ५६ को हेमराज सरौती‚ विभिन्न  ठाउँमा चोट‚ बोल्न सक्ने।
११. वर्ष ५८ की आशा बोन्डे  दुबै हातमा र अनुहारमा चोट‚ अवस्था गम्भीर।
१२. वर्ष ४३ की रूपाली सरौदी‚ विभिन्न ठाउँमा चोट‚ अवस्था गम्भीर।
दोस्रो लटमा थप उपचारका लागि काठमाडौँ ल्याइएका (१७:३० बजे )

१. वर्ष ५६ का हेमराज सरोद
२. वर्ष ४५ को सिम अनन्तास्कन्डे​​
३. वर्ष ६७ की कुमोदिनी झाप्रे
४. वर्ष ४२ की नीलिमा घेरोङ

मृतकको नामावली

१. वर्ष ४५ का सुहास प्रभाकर राणे – पुरुष
२. वर्ष ४२ की सरला सुवास राणे – महिला
३. वर्ष ५७ की नीलिमा सुनिल घाडे – महिला
४. वर्ष ६२ का तुक्सीराम तायडे – पुरुष
५. वर्ष ४५ की मंगला विलास राणे – महिला
६. वर्ष ६० का सुधाकर वकीराम जावके – पुरुष
७. रोहिणी सुधाकर जावके
८. सागर कडु जावके
९.  वर्ष ६० की भारती प्रकाश जावके -महिला
१०.  वर्ष ५० को संदिप राजाराम सरोदे – पुरुष
११. पल्लवी सन्दीप सरोदे
१२. गणेश पाण्डुरंग भारंवे
१३.  सुलभा पाण्डुरंग भारंवे
१४.  मिनल गणेश भारंवे
१५.  वर्ष ६ की परी गणेश  भारंवे -महिला
१६.  नीलिमा चन्द्रकान्त जावके
१७.    वर्ष ४४ को पंकज भगवन भंगाके -पुरुष
१८.  अनिता अविनाश पाटिल
१९.  मुर्तीजा खान
२०.  वर्ष २८ को अनुप सरोजे    -पुरुष
२१.  वर्ष ६० की सरला तुडसिराम ताछेडे  – महिला
२२.  वर्ष ६२ की सुल्क वारमे  – महिला
२३.  रुपाली हेमराज सरोजे
२४.  गोकर्णी सन्दीप सरोदे
२५.  वर्ष १६ की सदना सुहास राय
२६.  सरोज  मनोज भिरुक
२७.  एकजनाको सनाखत हुन बाँकी