नेपाललाई भू-उपग्रह प्रक्षेपण गर्न भारतले सघाउने, एमओयूमा हस्ताक्षर

समाचार

नेपालद्वारा निर्मित ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि नेपाल र भारत बीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। मुनाल स्याटेलाइट प्रक्षेपण अनुदान सहयोगका लागि भारत सरकारको विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेड (NSIL) बीच सम्झौता भएको हो। भारतीय विदेश मन्त्रालयले सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको जनाएको छ।

सम्झौतामा भारतीय विदेश मन्त्रालयका अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक श्री अरुणाचलम ए ले हस्ताक्षर गरेको बताइएको छ। कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो ।

आइतबार नेपाल भ्रमणमा आउदै गरेका भारतका विदेश सचिव विक्रम मिस्री को नेपाल भ्रमण को क्रममा मुनाल स्याटेलाइटको प्रक्षेपणका लागि यस प्रक्षेपण सेवा सम्झौताको आदानप्रदान हुने बताइएको छ।