कम्प्यूटरको चिप निर्माता अमेरिकी कम्पनी इन्टेलले आफ्नो व्यवसायलाई निरन्तरता दिनका लागि १५ हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ ।
इन्टेलले १५ हजार नोकरी कटौती गर्ने तयारी गरेको हल्ला चलेपछि उसको सेयर मूल्य समेत २० प्रतिशतले घटेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कर्मचारी कटौतीको तयारीले उसको बिक्री पनि घटेको छ । इन्टेलको समाचारले अन्य देशका सेयर बजार पनि घटेका छन् । एशियाली स्टक बजारहरूमा तीव्र गिरावट आएको छ ।
जापानको निक्केई सेयर सूचकांक पनि घटेको छ । जापानी प्राविधिक कम्पनीहरु पनि मारमा परेका छन् । अमेरिकी निर्माण कम्पनीको एक डाउनबिट सर्वेक्षणले अर्थव्यवस्था कमजोर हुँदै गएको देखाएको र त्यसले डर पैदा गरेको जनाइएको छ ।



