कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेकाे बाेर्डले जनाएकाे छ ।
गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।
त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।
नतिजा हेर्ने भिभिन्न तरिकाहरु यसप्रकार छन् :
वेबसाइटबाट नतिजा हेर्ने तरिका : सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् वा यहाँ त्यसपछि त्यहाँ भनिए अनुसार गरि आफ्नो नतीजा हेर्न सकिन्छ ।
एसएमएसबाट नतिजा हेर्ने तरिका : सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् र त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 राख्नुहोस् । मेसेज बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् । त्यस लगत्तै तपाईंलेनतिजा देख्न सक्नुहुनेछ ।
यूएसएडी बाट नतिजा हेर्ने तरिका : *1601# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।
आईभीआर बाट नतिजा हेर्ने तरिका : आफ्नो फोनमा १६०१ डायल गरेर कल गर्नुहोस् त्यसपछि त्यहाँ भने बमोजिम आफ्नो सिम्बोल नम्बर थिच्नुहोस् । तपाईंले आफूले प्राप्त गरेको जीपीए तथा ग्रेड थाहा पाउन सक्नुहुन्छ ।



