ओलीले पाए विश्वासको मत, सारथी बने देउवा

राजनीति

प्रधानमन्त्री नियुक्त भएको एक सातामै आइतबार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाउनु भएको छ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुभएको थियो।

उक्त प्रस्तावमाथिको  छलफलपछि निर्णायार्थ प्रस्तुत हुँदा कुल उपस्थित २६३ संख्यामध्ये ओलीको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको हो। सभामुख देवराज घिमिरेले सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नु भएको हो। प्रधानमन्त्री ओलीलाई नेकपा (एमाले), नेपाली काँग्रेस, जसपा नेपाल, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले  विश्वासको मत दिएका हुन्।

असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको हो।

ओलीलाई विश्वासको मत दिने दलहरू

सरकारमा रहेका

नेपाली कांग्रेस (सांसद सङ्ख्या- ८८)

नेकपा एमाले (सांसद सङ्ख्या- ७८)

जनता समाजवादी पार्टी (सांसद सङ्ख्या- ७)

लोकतान्त्रिक समाजवादी पार्टी (सांसद सङ्ख्या- ४)

सरकारलाई समर्थन गरेका

जनमत पार्टी (सांसद सङ्ख्या- ६)

जनता समाजवादी पार्टी नेपाल (सांसद सङ्ख्या- ५)

नागरिक उन्मुक्ति पार्टी (सांसद सङ्ख्या- ४)

स्वतन्त्र (सांसद सङ्ख्या- २)