प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।

दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न न्युनतम १३८ मत चाहिन्छ । कांग्रेस एमाले जसपा र लोसपा हाल सरकारमा छन्

आज प्रधानमन्त्री ओलीले संसद बैठकबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।