बुटवल–नारायणगढ सढक निर्माणको काम समयमै सम्पन्न नहुँदा यात्रु, सबारी चालक र स्थानीयबासी सास्ती खेप्न बाध्य ,गत बर्ष नै सक्कीनुपर्ने सडक हालसम्म करिव ५५ प्रतिशत मात्रै
बुटवल–नाराणगढ सडक खण्डअन्तर्गत बुटवल उपमहानगरपालिकाको चौराहादेखि बुटवल औद्योगिक क्षेत्रसम्मको सडक समयमै नवन्दा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन् । बर्खा लागेसँगै हिलो र खाल्डाखुल्डीका कारण स्थानीयवासी र सवारी साधनलाई सडक ओहोरदोहोर गर्न निक्कै सकस हुने गरेको छ । बुटवल–नारणघाट सडकखण्डको दाउने क्षेत्रमा बर्षाकै कारण दैनिकजसो सडक अवरुद्ध हुँदा लामो दुरिका यात्रुहरुले पनि दुःख पाउने गरेका छन् ।
सडक निर्माण समयमै सम्पन्न नहुदा योजनाको लागत पनि बढेको छ । चाइना स्ट्रेडकन्ट्रक्सन इन्जिनीयरीङ्घ कर्पोरेसनले १ सय १४ किलोमिटर सडक निर्माणको जिम्मा पाएको छ । यो सडक निर्माण गत बर्ष नै सक्कीनुपर्नेमा हालसम्म करिव ५५ प्रतिशत मात्रै काम सकिएको बताईएको छ । यो सडक खण्डलाई एशिएन राजमार्गको गुणस्तर मापदण्ड अनुसार बिस्तार गर्नका लागि २०७५ साल मागमा ४२ महिनामा काम सक्ने गरि सम्झौता भएको थियो ।



