जहाजमा २७६ यात्रु सवार
पाकिस्तानको पेशावर विमानस्थलमा अवतरण गर्ने क्रममा साउदी एयरलाइन्सको विमान SV792 मा आगलागी भएको छ । ल्यान्डिङ गियरमा समस्या आएपछि टायरमा आगलागी भएको हो । आगलागी भएपनि मानवीय क्षति भने भएको छैन । मिडिया रिपोर्टका अनुसार उडानमा २७६ यात्रु र २१ चालक दलका सदस्य थिए ।