सिराहाको नरहा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नरहा गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको ५७ प्रकारका औषधीजन्य मालसामानहरुको नियम विपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन बिना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिम छ लाख २० हजार ९६ रुपियाँ बराबरको औषधीजन्य वितरण नगरी÷नगराइ हानिनोक्सानी गराइएको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरेको आख्तियारले जनाएको छ ।

तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतले औषधीजन्य मालसामानहरुको बिल बमोजिमको रकम आपूर्तिकर्तालाई भुक्तानी गरेर सो बराबरको रकम हानिनोक्सानी पुर्‍याएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।