खस्किंदै शिक्षाको गुणस्तर, एसईईमा ५२ प्रतिशत ‘नन ग्रेडेड’

स्वास्थ्य-शिक्षा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार, ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् ।

५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ ।

०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ४४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।

नतिजाअनुसार, एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनाले मात्र कक्षा–११ पढ्न पाउने भएका छन् ।

अरू ५२.१४ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । उनीहरू मूल प्रमाणपत्र पाउँदैनन् । ग्रेडवृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

निर्देशिका अनुसार सैद्धान्तिक तर्फ कम्तीमा ३५ प्रतिशत र विद्यालयले गर्ने आन्तरिक मूल्यांकनमा कम्तीमा ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था छ । नतिजामा सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको अंकलाई छुट्टाछुट्टै ग्रेडिङ गरिएको छ ।

यो वर्ष एसईईको नतिजार्मा  लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार विद्यार्थीको ग्रेडिङ गरिएको छ ।

दुवैतर्फ योभन्दा कम प्रतिशत ल्याउनेको मार्कसिटमा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।  लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको प्राप्तांक प्रतिशतका आधारमा आठवटा स्तरीकृत अंक (जीपीए) र अक्षर ग्रेड (लेटर ग्रेड) छुट्याइएको छ ।

जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवैतर्फ ९० र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई ४.० जीपीए दिइनेछ । ४.० जीपीए ल्याउने विद्यार्थीको ग्रेडिर्ङ ए प्लस’ हुनेछ, यसलाई सर्वोत्तम उपलब्धि मानिएको छ ।