ललितपुरमा प्रत्येक पाँच बर्षमा मनाइने ‘यल इतिल्हन सम्यक’ पर्व

समाचार

ललितपुरमा प्रत्येक पाँच बर्षमा मनाइने ऐतिहासिक एवं धार्मिक महत्वपूर्ण बोकेको यल इतिल्हन सम्यक सुरु भएको छ ।

चापागाँउ, बुङ्गमति, कीर्तिपुर, काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेको बहा, बही र महाबिहारबाट बिशाल दिपंकर बुद्ध, आर्यतारा लगायत १ सय २५ वटा सम्यक देवदेवीहरुलाई अधिल्लो रात मंगलबजारमा भेला गराई बाजागाजाकासाथ ललितपुरको नागबहाल पुर्‍याएपछि यो पर्व सुरु हुने गर्दछ ।

दान पारमिताको अभ्यासका रुपमा लिइने सम्यक महादान पर्वमा कसैलाई चित्त नदुखाई हर्षकासाथ आफुले कमाएको धन सम्पतिलाई सुद्ध मनले निश्वार्थ भई दान दिन काठमाण्डौ ललितपुर भक्तपुरका साथै अन्य जिल्लाहरुबाट समेत भक्तजनहरुको धुइँचो लाग्ने गर्दछ ।

दिनभर भक्तजनहरुलाई दर्शन गराएर साँझपख सबै देवी देवताहरुको मूर्तीलाई आ-आफ्नो बासस्थान फर्काएपछि पर्व समापन गरिन्छ ।