काठमाडौँको नागर्जुन नगरपालिका-६ स्थित भैरवटोलमा एक जना पुरुषले ३ जनाको हत्या गरी आफैँले आत्माहत्या गरेका छन।
सोलुखुम्बुको दूधकुण्ड-१० स्थायी घर भई हाल नागर्जुन सितापाइला बस्ने काजी विश्वकर्मा भन्ने राजु घिमिरेले आफ्नै श्रीमती, छोरी र नातिनीको हत्या गरेका हुन ।
उनीहरुको डेरामा हत्या गरेपछि उनले नागार्जुन-५ स्थित हरिशिद्धिको जंगलमा रुखमा झुण्डिएर आत्महत्या गरेको स्वयम्भू प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आफू बस्ने घरमा श्रीमती करिब ३८/३९ बर्षीया ईश्वरी भन्ने प्रेम कुमारी श्रेष्ठ, ८ बर्षीया छोरी अनिषा श्रेष्ठ र करिव ३ बर्षीया नातिनी शिवना श्रेष्ठको हत्या भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आज विहान करिव ७ बजेतिर आफ्नो १५ बर्षीय छोरालाई सितापाइला चोकमा छाडेर फर्केपछि अरु परिवारका सदस्यहरुको हत्या गरेको देखिएको छ ।
उनीहरु तीन जनाको हत्या गरेपछि विश्वकर्माले आफ्नी सासुलाई फोन गरी छोरीको हत्या गरेको र अब आफू पनि आत्माहत्या गर्न लागेको जानकारी दिएका थिए ।
त्यसको केही बेरमा उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
उनले फोनमा आफू स्वयम्भूको जंगलमा आत्महत्या गर्न जान लागेको जानकारी गराएका थिए तर उनी भने हरिसिद्धिको जंगलमा मृत अवस्थामा फेला पेरका हुन ।
स्वयम्भू जाने खवर पाएलगत्तै ससुराली परिवारले प्रहरीलाई खवर गरेको र तत्काल खोजी कार्य गरिएको प्रहरीले जनाएको छ । तर उनी तत्कालै झुण्डिएको अवस्थामा फेला परेका थिए ।
अहिले सामूहिक हत्या गरिएको ठाउँमा जाँझबुझ र मुचुल्का उठाउने कार्य भइरहेको छ भने आत्महत्या गरेका विश्वकर्माको शवलाई पनि पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
हत्याको कारण बारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
