बलिउड सुपरस्टार अमिताभ बच्चन आफ्नो कामप्रति धेरै गम्भीर छन् । अमिताभले सबै काम कडा परिश्रमले गर्ने गर्छन् । शून्य डिग्री तापमानमा फिल्म ब्रह्मास्त्र को शूटिङ गरिसकेपछि अमिताभ फिल्म चेहरे को शुटिङको लागि स्लोभाकिया गए । फिल्म शूटिङको सम्बन्धमा निर्माता आनंद पण्डित र स्टारकास्ट स्लोभाकिया गएका थिए । आनंद पण्डितले भने कि अमिताभ बच्चनले ‘चेहरे’ बनाउनेकाे बारेमा केही विचार साझा गरे । साथै फिल्मका केही दृश्यहरूकाे निर्देशिन पनि गरे ।
आनंद पण्डितले भने, “फिल्म ‘चेहरे’ को शूटिङले हामीलाई जीवनभरको सम्झना दिलायो । शूटिङको अन्तमा हामी सबै भावुक भयौ । यो धेरै कारणले गर्दा एकदमै विशेष हो । जब तापक्रम शून्यभन्दा तल गयाे हामीले महसुस गरेका थियौ कि अब यो शूटिङ सम्भव छैन । तर त्याे बच्चन सर नै थिए जो पहिले पुगेका थिए । बिग बी फिल्म निर्माणको हरेक पक्षलाई राम्ररी बुझ्दछन् ।”
उनले भने, “अमिताभ बच्चनले फिल्म ‘चेहरे’ को शूटिङको क्रममा आफ्नो विचार साझा गरे । उनले दिएका सबै विचारहरू प्रयोग भएको थियो किनभने उनी राम्रोसँग फिल्ममा जाेडिए र यसले अझ राम्रो बनायो । उनले आफ्ना अनुभव र ज्ञानहरूकाे राम्रो सुझावहरू हामीलाई दिए । उनले पकड्ने (चेसिङ) र लडाईका दृश्यहरू निर्देशिन गरे ।”

फिल्ममा इमरान हाश्मी र क्रिस्टल डिसूजाकाे मुख्य भुमिका रहेकाे छ । फिल्म २४ अप्रिल २०२० मा रिलीज हुनेछ ।
