दैलेखमा माइक्रोबस दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

विविध

दैलेख, १३ मंसिर । सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी रहेको र उद्दार भइसकेकालाई उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

घटनाबारे थप विवरण आउन भने बाँकी रहेको छ ।