संस्थागत लगानीकर्ता नहुँदा शेयर बजारमा समस्या, अनलाइन कारोबारमा जोड

विविध

बुटवल क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अनलाइन

नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पूँजी बजार माग र आपूर्तिको सम्बन्धको आधार भएको उल्लेख गर्दै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा हुन्छ भने ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपालमा पूँजी बजारको दायरा सानो भएकाले यसको भविष्य रहेको रहेको बताए । उनले शेयर बजार केही महिनामा नै प्रतिफल दिने नगदे बाली नभएको दाबी गर्दै अहिले नयाँ लगानीकर्ताका लागि क्षमताअनुसार लगानी गर्ने सुवर्ण अवसर हो भने ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी प्रमुख निरज गिरीले शेयर बजारमा संस्थागत लगानीकर्ता नभएकाले बजारमा समस्या देखिएको बताए । बैंकलाई ब्रोकर लाइसेन्स दिएर बजारलाई प्रतिस्पर्धी बनाउन खोजिएको उनको भनाइ थियो ।

उनले अनलाइन प्रणालीमा गएपछि ब्रोकरसँगको समस्या नआउने धारणा राखे । शेयर बजारका लगानीकर्ताले कम्पनीको अध्ययन गरेर मात्रै पूँजी बजारमा प्रवेश गर्न आग्रह उनले गरे । लगानीकर्ता हेमलाल भट्टराईले नेप्सेको नेतृत्वको कमजोरीले पूँजी बजार घट्दै गएको आरोप लगाए।

नेपालमा अहिलेसम्म १६ हजार ५३४ जनाले शेयर बजारमा अनलाइन प्रणालीको प्रयोग गरेका छन् भने प्रदेश नं ५ मा करिब एक हजारले यसको प्रयोग गरेको बताइएको छ ।