ट्याक्सी चालकलाई यात्रु मैत्री व्यवहार तालिम

विविध

काठमाडौं, ९ मंसिर । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथमले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सार्वजनिक सवारीसाधन चालकहरुले पर्यटकसँग गर्ने व्यवहारमा सुधार ल्याउने उद्देश्यले एक हजार ट्याक्सी चालकहरुलाई तालिम दिएको नाथमले जनाएको छ ।सोमबार राजधानीमा आयोजित उक्त तालिमलाई सम्बोधन गर्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ट्याक्सी चालकहरुको राम्रो व्यवहारले पर्यटकको संख्यामा वृद्धि हुने बताउनु भयो ।सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउन सक्ने उहाँको भनाइ थियो ।