दक्षिण भारतीय तेल्गु, तामिल फिल्म अभिनेत्रि एवं नायिक रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालतसम्म पुगेकी छन् ।
ड्रग्सको मामिलामा आफ्नो नाम जर्बजस्ती जोडेर मिडियाले हल्ला फिजाइरहेका भन्दै उनले दिल्लीको उच्च न्यायलमा उजुरी दिएकी हुन् । उनले उजुरीमार्फत मिडियाबात भइरहेको यसरी गलत प्रचार तत्काल रोक्न माग गरेकी छन् ।
रकुलको उजुरीपछि अदालतले भारतको केन्द्र सरकारसँग यसको जवाफ मागेको छ ।

केही दिनदेखि मिडियामा साराअली खान, रकुल प्रित जस्ता कलाकारको नाम रियाले आफ्नो बयानमा लिएको भन्दै खबर प्रशारण भैरहेका छन् । नायिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोको दबाबमा आएर आफ्नो नाम लिएको समेत रकुलको तर्क छ ।
यद्यपी रियाले कुनै कलाकारको नाम नलिएको कुरा समे बाहिरीएको छ ।
