अब युट्युलगायतका सामाजिक सञ्जालबाट हुने आम्दानी सोझै बैंक खातामा

विविध

अब इन्टरनेटका माध्यम युट्युलगायतका सामाजिक सञ्जालबाट कमाएको पैंसा बैंक खातामा आउने भएको छ । हाल वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत प्राप्त गर्दै आएको पैंसा अब, नेपालकै बैंक खातामा पाउने व्यवस्था भएको राष्ट्र बैंकले सूचना प्रकाशन गरी जानकारी दिएको हो ।

सूचनामा प्रविधि सम्बद्ध दक्षता तथा विज्ञताको निकासी बिक्रीमा प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक र व्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य नेपाली बैंक खातामा नै मान्यता दिने भनको हो।

यसको लागि विदेशी बैंकले नै स्रोतकर्तासँग समन्वय गरी नेपाली बैंकमा उक्त रकम पठाइदिनेछ। विदेशी स्रोतबाट गरिएको आम्दानीको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले आम्दानीको विवरण भने हरेक महिना राष्ट्र बैंकलाई जानाकारी गराउनु पर्नेछ।