२४ घन्टामा थप ९७२ कोरोना संक्रमित निको भएर घर फर्किए

विविध

नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप ९ सय ७२ जना कोरोना संक्रमित निको भएको बताउनु भयो । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार  थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ ।

आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१७ जना रहेको छ । शुक्रबार  पीसीआर विधिबाट १० हजार ७०१  जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म  ८ लाख २१ हजार १ सय ८६ जनाको कोरोना परीक्षण भएको छ ।  अहिले देशभरीका विभिन्न  क्वारेन्टाइनमा ६  हजार ७८ जना रहेका छन् ।