खग्रास चन्द्रग्रहण : प्रभाब कस्तो हुने ?

विविध

खग्रास चन्द्रग्रहण श्रावन ०१ गते , बुधबार बिहान १ :४६ मिनेटबाट सुरु भई ३:१५ मिनेट सम्म ग्रहण रहेको छ। ग्रहणको मोक्श्यकाल भने ४:४५ मिनेट सम्म रहेको छ। यो खग्रास चन्द्रग्रहणको जम्मा सम २:५९ मिनेट रहेको छ। यो चन्द्रग्रहणको प्रभाब पृथ्बी मा प्रतक्ष्य पर्नेकुरा विभिन्न ज्योतिषहरुले भनेका छन् ।

चन्द्रग्रहणको प्रभाभ देशलाई : राजनीतिक द्वन्दात्मक स्थिति , ३ देखि ६ महिना प्राकृतिक प्रकोप को योग रहनसक्ने।

राशीलाई पर्ने प्रभाब

मेष : नराम्रो फल दिने , पुन्यभंदा पप कर्ममा मन जाने , इज्जत प्रतिष्ठामा ढक्क लाग्नसक्ने , मनमा खिन्नता छाउने। गणेश भगवानको स्तुति गरेर गणपतिको ध्यान गरेमा राम्रो हुने।

वृष : असफलता, दुखः र मानसिक पिडा प्रदान गर्ने। ग्रहण लागेको दिनबाट ३-६ महिनासम्म उच्च सतर्कताका साथ् काम गर्नुपर्ने। मत पितालाई केहि न केहि उपहार दिएमा तथा सेवा गरि खुसि बनाउनु भएमा रामो हुने।

मिथुन : प्रेम जीवनको लागि पीडादायक , बिपरित् लिंगी बीच मत- मतान्तर , बैबाहिक जिबनमा कलहको योग। उमा महेस्वरको पूजा तथा दर्शन गरेमा र दिन दुखिलाई शुक्रबारको दिन भोजन गरयेमा राम्रो हुने।

कर्कट : रोग, ऋण र सत्रुबाट छुटकारा , प्रेम अवसर प्राप्त हुने तथा बिजयी र सुख योग। ग्रहंकल सकिएपछि बिशाल पिपलको वृक्षमा जल चढाउने।

सिंह : डर, चिन्ता, कष्ट , स्मरनशक्ति ह्रास हुने तथा गलत निर्नायादायक समय। सकेसम्म पिर, चिन्ता नलिनु बेस , गाइको दुधमा एक चिम्टी बेसार हालेर खाएमा स्मरनशक्ति राम्रो हुँदै जाने।

कन्या : रोग, व्यथा, औसधि उपचारमा खर्च , समयमा ब्यायाम तथा बुधबारको दिन गाईलाई पालुन्गोको साग ख्वायेमा दुष्प्रभाव कम हुने।

तुला : यश, किर्ति बढ्ने , धनलाभ।

वृश्चिक : नोक्सान्दायक, षडयन्त्रमुलक, पीडादायक र दुख आइलाग्ने।

धनु : चौतर्फी व्यवधानमय , नजिकको मान्छेबाट घात हुने। ग्रहण सकियपछि स्नान तथा यथासक्य दान गर्नाले दुष्प्रभाव घट्ने।

मकर : पीडादायक , आशान्तिमय र काममा बाधा , चोटपटक, धनहानी हुनसक्ने। ग्रहण सकिनासाथ नबग्रहको जाप अथवा उदाउँदो सुर्यको प्रकाशमा दैनिक आधा घण्टा बसेमा दुस्प्रभाव घट्ने।

कुम्भ : लाभदायक र चौतर्फी सफल्तामय। कालो घोडालाई ग्रहण सकिएपछिको पहिलो सनिबार चना खुवाएमा अझै राम्रो फल प्राप्त हुने।

मिन : शान्ति र सुख वृद्धि। बिहीबारको दिन कुल देवताको दर्शन गरेमा अझै शुभफल।