निरन्तर स्मार्टफोनको प्रयोग पछि निद्रा किन लाग्दैन ?

विविध
Woman holding digital tablet, closeup

स्मार्टफोन वा कुनै पनि डिजिटल स्क्रिनको अगाडी निरन्तर बसेपछि रातिमा निदाउन गाह्रो हुने महसुस सबैले गरेका हुन्छन् । निद्रा नलाग्ने मात्र नभएर टाउको दुख्ने र आखाँ सुक्खा हुने जस्ता लक्षणहरू पनि रातिसम्म स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्ताले अनुभव गर्ने कुरा हो । तर स्मार्टफोन वा कुनै पनि डिजिटल स्क्रिन भएको उपकरण राति धेरै समय प्रयोग गरेपछि निद्रा किन लाग्दैन ? यस्को कारणको ब्लु लाइट अर्थात् निलो लाइट । आजभोलिका एलइडी डिस्प्लेहरूले १.६ करोडभन्दा बढी बेग्लाबेग्लै रंगहरू देखाउन सक्छ । हरेक एलइडीमा मुख्यत: तीनवटा मुख्य रंग देखाउने पिक्सलहरू राखिएको हुन्छ । ती रंगहरू हुन् रातो, हरियो र निलो । यही निलो रंगको लाइटले नै हाम्रो आखाँलाई असर गरिरहेको हुन्छ भने यसले गर्दा नै हाम्रो निद्रा बिग्रेको हुन्छ । शरीरमा एक प्रकारको आन्तरिक घडी हुने गर्दछ जसले शरीरको २४ घण्टे जैविक चक्रलाई चलाउने गर्दछ ।  यसकै आधारमा हामीलाई रात परेपछि अध्यारोमा  निद्रा लागेको र घाम लागे पछि उज्यालोमा निद्रा हटेको अनुभूति हुन्छ । यो सबै चक्र मिलाउनका लागि हाम्रो शरीर सुर्यबाट निस्कने ब्लु लाइटमा निर्भर हुन्छ । सुर्यबाट निस्केको होस् या ल्यापटप र स्मार्टफोनको डिस्प्लेबाट निस्केको होस्, ब्लु लाइटले हाम्रो शरीरमा मेलाटोनिन नामक हर्मन पैदा गर्छ बाधा पुर्याउने गर्छ – जहाँ की हाम्रो शरीरलाई निदाउन हाल्ने हर्मन नै मेलाटोनिन हो । रातिमा स्मार्टफोन धेरै समयसम्म प्रयोग गरेपछि हाम्रो शरीरमा आवश्यक पर्ने जति मेलाटोनिन पैदा हुँदैन र हामीलाई निद्रा लाग्दैन ।  स्मार्टफोन र ल्यापटपको डिस्प्लेले निकाल्ने ब्लु लाइटले गर्दा हाम्रो दिमागलाई दिउसो नै भएको भान पर्न जान्छ, जसले गर्दा हामीलाई राम्रोसँग निद्रा लाग्दैन ।

श्रोत : www.healthline.com