नेपालागन्जमा भोली कन्सर्ट हुँदै ,ज्योति मगरसँग नेपालगन्जबासी झुम्ने ……..

विविध

बाँके,असार १९ गते । नेपालागन्जमा भोली हुने म्युजिक कन्सर्टको तयारी पुरा भएको आयोजकले जनाएको छ । ९५ प्रतिशत तयारी पुरा भएको छ, बाँकी काम आजै साँझसम्म सकिने र भोली भरपुर मनोरञ्जन प्रदान गरिने लक्ष्यका साथ कन्सर्टको तयारी पुरा भएको आयोजकले जनाएको छ ।भोली हुने कन्सर्टमा नेपालगन्जबासीहरु चर्चित गायीका ज्योति मगरसंग झुम्ने पक्का भएको आयोजक टिमले जनाएको छ ।   भोली नेपालगन्जस्थित सिद्धार्थ कटेजमा साँझ ७ बजेदेखि राती १२ बजेसम्म हुने ‘म्युजिक कन्सर्ट–२०१९’ मा चर्चित गायिका ज्योति मगर, गायिका अमृता लिम्बु, स्थानीय गायिका रबिना तिवारी र डिजे विकासको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।