
अस्ट्रेलिया । अस्ट्रेलियाको ‘फेयर वर्क कमिसन’ले देशको न्यूनतम पारिश्रमिक ३ प्रतिशतले वृद्धि गरेपछि लाखौं अस्ट्रेलियन कामदार लाभान्वित हुने भएका छन् । कमिसनले जुलाई १ बाट लागु हुने गरी पारिश्रमिक वृद्धि गरेको हो । नयाँ वृद्धि पछि अब अस्ट्रेलियाली श्रमिकको साप्ताहिक पारिश्रमिक ७४०.८० डलर अर्थात घण्टाको पारिश्रमिक १९.४९ डलर बनेको छ । अब त्यहाँका कामदारले साप्ताहिक २१.६ डलर बढी कमाउनेछन् । यसअघि अष्ट्रेलियाको ट्रेड युनियनले न्युनतम पारिश्रमिकमा ६ प्रतिशतको वृद्धि माग गरेको थियो । माग गरेजति वृद्धि नभएको भन्दै कयैन श्रमिकले समाजिक संजालमा असन्तुष्टि व्यक्त गरेका छन् ।तथापि अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनले विहिबारको निर्णयको स्वागत गरेको छ । पारिश्रमिक वृद्धिको फैसलालाई स्वागत गर्दै यसलाई ‘सही दिशातर्फको कदम’ भन्दै केही श्रमिक गरीबीको रेखामुनी रहेकाले तिनको लागि थप सहयोगको प्याकेज ल्याउनुपर्ने माग गरेको छ ।

