गोंगबु हत्या प्रकरण : चितवनबाट पक्राउ परेकी महिलाले दिइन् यस्तो बयान

विविध

गोंगबु हत्या प्रकरणमा संलग्न रहेको आरोपमा सोमबार चितवनबाट पक्राउ परेकी महिलाले हत्या गरेको स्वीकार गरेकी छिन् ।  पक्राउ परेकी कल्पना शाहीले प्रारम्भिक सोधपुछमा आफूले एक्लै हत्या गरेको बयान दिएकी छिन् । मंगलबार बिहान काठमाडौं ल्याएपछि शाही आफैले हत्या भएको स्थानमा पुर्‍याएको प्रहरीले जनाएको छ। शाहीले  अण्डकोषमा हम्मरले प्रहार गरि हत्या गरेको र पछि शव व्यवस्थापन गर्न टाउको र खुट्टा काटिएको बताएकी छिन् । शाहीले आफू डिप्रेसनको बिरामी भएको र बोहराले पटक-पटक यौन दुर्व्यवहार गरेकाले सहन नसकी हत्या गरेको बताएकी छिन् ।  शवलाई सुटकेश र झोलामा राखेर सडकसम्म ल्याउन शाहीलाई छोरीले सहयोग गरेको खुलेको छ । उनकी १५ वर्षीया छोरीलाई पनि प्रहरीले काठमाडौँ ल्याएको छ ।

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो