कोरोना भाइसको जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले गत चैतदेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान भदौ १ देखि खुल्ने तयारी रहेको छ । त्यसका लागि एयरलाइन्स कम्पनीहरुले आन्तरिक तयारी गरिरहेका छन् । सोही तयारीका लागि टर्किस एयरलाइन्सका प्रबन्ध निर्देशक अब्दुल्ला टुयुन्सर क्यासीसी पनि काठमाडौं आइपुगेका छन् । दुई दिनअघि मात्रै उनी काठमाडौं आइपुगेका हुन् ।उनी काठमाडौं आएपनि उनले सरकारले बनाएको १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम उलंघन गरेका छन् ।
टर्कीजस्तो कोरोना प्रभावित मुलुकबाट काठमाडौं ओर्लिपछि उनी विभिन्न भेटघाटदेखि बर्डथे पार्टीमा समेत सहभागी भएको निकटस्थ सूत्रले जनाएको छ ।टर्कीमा हाल २ लाख ३८ हजार बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । यो भनेको टर्की विश्वकै संक्रमणको हिसावले १७ औं स्थानमा छ । यस्त�� मुलुकबाट आएका उनी क्वारेन्टिन नियम उलंघन गर्दै जथाभावी हिँडेका हुन् । उनीसँगै केही सहयोगी समेत आएकाले उनीहरुले पनि क्वारेन्टिन नियम उलंघन नगरेको एयरलाइन्स स्रोतले जनाएको छ ।भदौ १ देखिहुने हवाई उडानका लागि १३ वटा वायुसेवा प्रदायक कम्पनीले सरकारसँग अनुमति माग गरेका छन् ।जसमा अन्तर्राष्ट्रिय बिमान कम्पनी टर्किस एयर समेत रहेको छ । टर्किस नेपाललाई युरोपसँग जोड्ने एकमात्र एयरलाइन्स हो । सोही एयरलाइन्सका नेपाल प्रतिनिधि समेत रहेका क्यासीसीले क्वारेन्टिन नियम समेत पालना नगर्नुले सो एयरलाइन्सले यात्रु सुरक्षा मापदण्ड कसरी पालना गर्ला भन्ने प्रश्न समेत उठेको छ ।
