९० वर्षीया वृद्धा कोरोना संक्रमणमुक्त

विविध

कोरोनाभाइरस संक्रमणको उपचारपछि विराटनगरकी ९० वर्षीया एक वृद्धा निको भएर घर फर्किएका छन् ।

कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएकी मोरङ विराटनगर -६ निवासी ९० वर्षीया ती वृद्धा हिजो डिस्चार्ज भएकी हुन् । १० दिनको अस्पताल बसाइपछि कोरोनालाई जितेर उनी घर फर्केको प्रदेश १ कोभिड-१९ अनुगमन तथा सचिवालयका संयोजक ज्ञानबहादुर बस्‍नेतले जानकारी दिनुभयो ।

उच्च रक्तचाप , मधुमेह र नसासम्बन्धी समस्या भएतापनी उच्च मनोवल, सतर्कता र पारिवारिक वातावरणले गर्दा ती वृद्धाले छोटो समयमै कोरोनालाई परास्त गर्न सफल भएको उनले बताउनु भयो ।

वृद्धासहित हिजो डिस्चार्ज भएका २१ जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पूर्ण स्वास्थ्यलाभको कामनासहित अस्पतालबाट बिदाई गरे ।