साउन २४ गतेदेखि रौतहटमा पनि एक हप्ताका लागि निषेधाज्ञा

विविध

कोरोना भाइरस बढेसँगै रौतहटमा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । कोभिड १९ कम गर्न स्थानियले  साउन २४ गते शनिबारदेखि साउन ३२ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको  जिल्ला प्रशासन कार्यालय रौतहटले  जनाएको छ ।

स्वास्थ्य, विद्युत्, दूरसंचार, खानेपानी, दूध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, शव बाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको छ । मंगलबार रौतहटमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।