भोलीदेखि जोर विजोर प्रणाली

विविध

सरकारले भोलिबाट सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले त्यस्तो निर्णय गरेको हो । गत साउन ७ गतेबाट एकाध बाहेक सबैजसो क्षेत्रमा लकडाउन खुल्ला भएसँगै मानिसहरु सामान्य दैनिकीमा फर्कन थालेका छन् । काठमाडौं उपत्यका लगायत अत्याधिक भिडभाड हुने शहरहरुमा मानिसहरुको चाप बढेसँगै संक्रमितको संख्या पनि उच्च रुपमा वृद्धि भएको छ ।

संक्रमितको संख्या तिव्र रुपमा बढ्दै जान थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यविद् विज्ञ, प्रतिपक्षी दल, पूर्व प्रधानमन्त्रीहरु सल्लाह गरेका थिए । जनस्वास्थ्यविज्ञले कफ्र्यू वा लकडाउन लगाउन सुझाव दिएकोमा भोलीबाट फेरि जोरबिजोर नियम लागू गरीएको हो ।