सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका ८ जनाको शव निकालिएको छ ।जि ल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक अनुसार मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा रहेका छन् । मृतक राजेन्द्र चौरसिया र घाइते बारु शाह भारतीय नागरिक हुन् । एक जनाको जीवितै उद्धारपछि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
