ट्राफिक महशाखाका थप ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

विविध

ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन १६ मा  एक हवल्दार र एकजना जवानमा कोरोना देखिएको थियो ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको महाशाखामाले जानकारी दिएको छ । भीमप्रसाद ढकाल सहित २८१ प्रहरी क्वारेन्टाइनमा छन् ।  संक्रमणको जोखिम कम गर्न ३ सय ट्राफिकलाई महाशाखाले घर पायक स्थानमा ड्युटीको व्यवस्था मिलाएको छ ।