नेपालगञ्ज उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परीक्षणमा ती वडाअध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
