अनशनरत अभियन्ता ईः अस्पताल भर्ना

विविध

कोरोना परीक्षण प्रभावकारी बनाउन माग गर्दै इनफ इज इनफ का अभियन्ता आमरण अनशनमा बसेको  ईः अस्पताल भर्ना भएका छन् ।  उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएपछि अस्पताल भर्ना गरिएको इनफ इज इनफ अभियानका अभियन्ता आलोक सुवेदीले जानकारी दिए ।  ईःले अस्पतालबाटै अनशनलाई निरन्तरता दिने बताएका छन् । आमरण अनशनमा बसेको १७ दिन वित्यो  तर, अनशनरत अभियान्ताहरुको मागप्रति राज्यको ध्यान गएको देखिन्न । उनको स्वास्थ्य समेत दिनप्रतिदिन शिथिल बन्दै गएको छ । तथापी अनसनरत ईः ले आफ्ना माग पूरा नगरेसम्म अनशन नतोड्ने प्रतिज्ञा गरेका छन् ।