
काठमाडौं, ४ असार । गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ ।समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धि भएकाले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय अन्तरगत राख्न सरकारसँग माग गर्नु भएको हो । बुधबार काठमाडौंको माईतीघर मण्डलामा आयोजना भएको विशाल प्रर्दशन कार्यक्रममा बोल्दै उहाँले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत गुठीलाई राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गर्नु भयो ।संयोजक श्रेष्ठले सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पनि स्पष्ट पार्नु भयो । नेवार समूदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास सरकारले गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको उहाँको भनाई थियो ।
